एस.आर.डिसी.एन बाट राहत वितरण

पाल्पा विविध समाचार

पाल्पा चैत्र ३०
तानसेन १३ वौघागुम्हाका ६ घरपरिवारलाई सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाले राहत वितरण गरेको छ । सस्थाको कार्यक्षेत्र भित्रका गरिव तथा दैनिक ज्याला मजदुरीले जिविको पार्जन गर्दै आएका परिवारलाई १ बोरा चामल, २ किलो दाल, २ लिटर तेल तथा २÷२ वटा सावुन वितरण गरिएको सस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाले राहत वितरण गर्दै आएको केही घरपरिवार छुट्न गएकोले संस्थाले साथ दिएको निर्देशक गिरीको भनाई छ ।
त्यसैगरी संस्थाले कार्यक्षेत्रका ७ वटै वडाका स्वास्थ्य संस्थाहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरेको छ ।