पाल्पाका ४३ जनाकै रिपोर्ट नेगेटिभ

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा चैत्र २८
जिल्लाका ४३ जनाकै कोभिड–१९ परिक्षण नेगेटिभ देखिएको छ । जिल्लाका ४ वटै क्वारेनटाइनमा रहेका ४३ जनाको रेपिड डाइगनोष्टिक किट मार्फत कोभिड १९ को परिक्षण गरिएको थियो । चैत्र २८ गते प्रमुख जिल्ला अधिकारी यादव सुवेदी सहितको वैठकले रामपुर नगरपालिकाका ९ जना, पूर्वखोला गाउपालिकाका २१ जना, रिब्दीकोट गाउपालिकाका ३ जना र रैनादेवी छहरा गाउपालिकाका १० जनाको टेष्ट गर्ने निर्णय गरेको थियो। समितिले रेपिड डाइगनोष्टिक किट मार्फत परिक्षण गर्दा पोजेटिभ देखिएकालाई एम्बुलेन्स मार्फत अस्पतालको आइसोलेसनमा राखी उपचार गर्ने र नेगेटिभ देखिएकाहरुलाई होम क्वारेनटानका लागि घरमा पठाउने निर्णय गरेको छ ।