पाल्पाको क्वारेनटानमा रहेका ४३ जनाको कोभिड १९ को परिक्षण गरिने

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा चैत्र २८
कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण समिति पाल्पाले जिल्लाका ४ वटै क्वारेनटाइनमा रहेका ४३ जनाको रेपिड डाइगनोष्टिक किट मार्फत कोभिड १९ को परिक्षण गर्ने निर्णय गरेको छ । चैत्र २८ गते प्रमुख जिल्ला अधिकारी यादव सुवेदी सहितको वैठकले रामपुर नगरपालिकाका ९ जना, पूर्वखोला गाउपालिकाका २१ जना, रिब्दीकोट गाउपालिकाका ३ जना र रैनादेवी छहरा गाउपालिकाका १० जनाको टेष्ट गर्ने निर्णय गरेको हो । समितिले रेपिड डाइगनोष्टिक किट मार्फत परिक्षण गर्दा पोजेटिभ देखिएकालाई एम्बुलेन्स मार्फत अस्पतालको आइसोलेसनमा राखी उपचार गर्ने र नेगेटिभ देखिएकाहरुलाई १ हप्ता होम क्वारेनटानका लागि घरमा पठाउने निर्णय गरेको छ ।
क्र.सं. पालिका संख्या कैफियत
१ रामपुर नगरपालिका ९
२ पूर्वखोला गाउँपालिका २१
३ रिब्दीकोट गाउँपालिका ३
४ रैनादेवी छहरा गाउँपालिका १०