पाल्पाबाट पठाइएका ३ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा
चैत्र २३
जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनमा शुक्रवार दिउसो देखी आइसोलेशनमा उपचाररत ३ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आइतवार अनलाइन मार्फत नेगेटिभ रिपोर्ट आएको पाल्पा अस्पतालका निमित्त प्रमुख डा. पुष्प ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनबाट स्वाब संकलन गरी परिक्षणका लागि प्रदेश जन स्वास्थ्य प्रयोगशाला बुटवलमा पढाइएको थियो। बगनासकाली गाँउपालिकाका २० बर्षिय एक पुरुषको जिल्ला अस्पतालबाट र माथागढी गाउपालिकाका २ जनाको लुम्बिनी मेडिकल कलेजबाट स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको हो ।