पाल्पाबाट ३ जनाको स्वाब परिक्षणका लागि पठाइयो

तानसेन राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा चैत्र २२
जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनमा शुक्रवार दिउसो देखी आइसोलेशनमा उपचाररत ३ जनाको स्वाब संकलन गरी परिक्षणका लागि प्रदेश जन स्वास्थ्य प्रयोगशाला बुटवलमा पढाइएको छ । बगनासकाली गाँउपालिकाका २० बर्षिय एक पुरुषको जिल्ला अस्पतालबाट र माथागढी गाउपालिकाका २ बाबु छोराको लुम्बिनी मेडिकल कलेजबाट स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको हो ।
जनप्रतिनिधी र अस्पतालका प्रमुख डा।पुस्प ज्ञवालिले बगनासकाली गाउपालिकाको घरमै पुगेर कोरोना संक्रमणको लक्ष्यण देखिएका कारण अस्पताल ल्याएर आइसोलेशनमा राखी उपचार गरेका थिय । चैत्र १० गते भारतको मुम्बै बाट आएपछी नै ज्वरो आएका उनलाइ औषधि चलाउदा पनि ठिक नभएको र कोरोनाको लक्ष्यण देखिएका कारण स्वाब संकलन गरि पठाएको डा पुष्प ज्ञवाली जानकारी दिनुभयो।

लुम्बिनी मेडिकल कलेजले पनी माथागढी गाउँपालिका ४ झडेवाका २ जनाको स्वाब पनी परिक्षणका लागि संकलन गरी पढाएको छ । उच्च ज्वरो र रुघाखोकी नियन्त्रण नभएको र बिदेसीहरु आवत जावत गर्ने एक होटलमा बिरामीले काम गरेकाले कोरोना भाइरस परिक्षण गर्न आवस्यक ठानेको लुम्बिनी मेडिकल कलेजका निर्देशक डा राजु शाक्यले बताउनुभयो । उहाले जस्तोसुकै बिरामी आएपनी उपचार गर्न तयार भएको पनि बताउनुभयो ।
बुटवलमा परिक्षण नहुने भएकाले प्रदेश जन स्वास्थ्य प्रयोगशालाले स्वाव परिक्षणका लागि काठमाण्डौ पठाउने छ । जिल्लाका ४ स्वास्थ्य संस्थामा ३८ शैयाको आइसोलेसन तयारी अवस्थामा छ । कोरोनाको मिल्दो जुल्दो लक्ष्यण देखिएका बिरामी आउनासाथ आनाकानी गर्ने, तर्कने, फर्काउने र फरक ब्याबहार गरेका स्वास्थ्यकर्मी र पाल्पाका निजी तथा सरकारी अस्पताल सच्चिएका छन । चौतर्फि आलोचना पछि उनिहरुले बिरामी भर्ना गर्ने र उपचार गर्ने प्रतिबद्वता जनाउदै सच्चिएका हुन ।