रिब्दीकोटमा पनि खाद्यान्न राहत वितरण सुरु

राष्ट्रिय रिव्दीकोट समाचार

पाल्पा
विष्णु घिमिरे
२२ चैत्र
रिब्दीकोट गाउपालिका पाल्पाले पनि खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । कोरोना संक्रमणका कारण देश नै लकडाउन भएपछी दैनिक ज्याला मजदुरी गरीखाने विपन्न वर्गका लागि खाद्यान्न वितरण गरिएको गाउपालिकाले जनाएको छ ।

गाउपालिका भित्रका ८ वटा वडाका २ सय ८ घरपरिवारका लागि ४ हजार ९ सय ५२ किलो खाद्यान्न वितरण गरिएको रिब्दीकोट गाउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ किलो नुन र १ लिटर खाने तेल निशुल्क वितरण गरिएको छ ।


लकडाउन लम्बिएपछी दैनिक ज्याला मजदुरीले गुजारा चलाउने परिवारलाई छाक टार्न सजिलोका लागि राज्यको नीति र गाउपालिकाको निर्णय अनुसार खाद्यान्न सहयोग गरिएको रिब्दीकोट गाउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । गाउँपालिकाले कोरोना नियन्त्रणका लागि आवश्यक सूचना सामाग्री प्रकाशन प्रशारण गरेको, स्थानीयहरुलाई प्रचार सामग्री वितरण गरेको, अस्थायी क्वारेन्टाइन सेन्टर स्थापना गरिएको, स्वास्थ्यकर्मीहरुलाई भारत तथा विदेशाबाट आएकाहरुको स्वास्थ्य परिक्षणका लागि खटाईएको, र वडाहरुमा आवश्यक राहत प्याकेज वितरण समेत सुरु गरिएको गाउँपालिकाकाले जनाएको छ ।