स्वाब परिक्षणका लागि पाल्पाबाट पहिलो नमुना पठाइयो

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

विष्णु घिमिरे
चैत्र २२
बगनासकाली २ पोखराथोकका एक जनाको स्वाब परिक्षणका बुटवल पठाइएको छ । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछी पाल्पा जिल्ला अस्पतालबाट शनिवार स्वाब परिक्षणका लागि पठाएको निमित्त प्रमुख डा. पुष्प ज्ञवालीले बताउनुभयो । डा. ज्ञवालीका अनुसार पाल्पा जिल्लाबाट स्वाब परिक्षणका लागि पठाइएको यो पहिलो घटना हो ।
उनको चैत्र २१ गते शुक्रवार जिल्ला अस्पतालका निमित्त प्रमुख डा. पुष्प ज्ञवाली सहित अस्पतालका अध्यक्ष नेत्र पाण्डेय र गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल सहितको टोलीले घरैबाट जिल्ला अस्पतालमा उपचारका लागि ल्याएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ । पाल्पा अस्पतालमा स्वाब नमुना संकलन गर्न ८ वटा सामाग्री आएको थियो ।