तिनाउ गाउपालिकाद्धारा स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय

तिनाउ राष्ट्रिय समाचार

पाल्पा
२१ चैत्र
तिनाउ गाउपालिका पाल्पाले कोरोनाबाट सुरक्षित हुन आवश्यक सामाग्रीहरु खरिद गर्ने निर्णय गरेको छ । गाउ कार्यपालिकाको वैठकले कोरोना संक्रमण फैलनबाट रोक्नका लागि स्वास्थ्यकर्मीहरुको लागि पीपीई, पञ्जा, स्यानिटाइजर,मास्क लगायतका सामानहरु खरिद गर्ने निर्णय गरेको गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले पाल्पापाटीलाई बताउनुभयो ।
यसै विच प्रदेश नं. ५ का प्रदेश प्रदेश सभा सदस्य बसन्त घर्तीले तिनाउ गाउपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी संग कोरोना संक्रमण रोकथाम तथा उपचारका वारेमा छलफल गर्नुभएको छ ।


गाउँपालिकाले कोरोना नियन्त्रणका लागि आवश्यक सूचना सामाग्री प्रकाशन प्रशारण गरेको, स्थानीयहरुलाई प्रचार सामग्री वितरण गरेको, दोभान माविमा १० शैयाको अस्थायी क्वारेन्टाइन सेन्टर स्थापना गरिएको, स्वास्थ्यकर्मीहरुलाई भारत तथा विदेशाबाट आएकाहरुको स्वास्थ्य परिक्षणका लागि खटाईएको, र वडाहरुमा आवश्यक राहत प्याकेज वितरण समेत सुरु गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले छलफल कार्यक्रममा जानकारी गराउनुभएको थियो ।