बगनासकाली गाउपालिकाद्धारा ३ सय ८० परिवारलाई निशुल्क खाद्यान्न वितरण

पाल्पा विविध राष्ट्रिय वगनासकाली समाचार

विष्णु घिमिरे
पाल्पा
चैत्र २०
बगनासकाली गाउपालिकाले पालिका भित्रका ३ सय ८० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । कोरोना संक्रमणका कारण देश लकडाउन भएपछी दैनिक ज्यालामजदुरी गरेर जिविका चलाउने परिवारलाई खाद्यान्न राहत प्रदान गरिएको गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । लकडाउन पछी दैनिक जलादारीमा काम गर्ने, अन्य आर्थिक श्रोत नभएका विपन्न वर्गका परिवारलाई भोकै बस्न नपरोस भनेर राहत दिइएको बस्यालको भनाई छ ।
बगनासकालीका ९ वटै वडाहरुमा रहेका ३ सय ८० परिवारलाई २० किलो चामल, २ किलो दाल, १ किलो नुन र १ लिटर तेल वितरण गरिएको थियो । दर्लमडाडा र चिर्तुङधारामा भोली सम्ममा वितरण सकिने तथा अन्य वडाहरु आजै राहत वितरण सकिएको छ । खाद्यान्न पाउदा स्थानीयहरु हर्षित भएका छन् । बगनासकाली ८ बराङ्दीकी रमा घिमिरे लकडाउनले मेलोपात पनि बन्द भएर चिन्तित हुनुहुन्थ्यो, गाउपालिकाले राहत दिएपछी खान नपाएर भोकै मर्नुनपर्ने भयो भन्दै खुसी व्यक्त गर्नुभयो ।