कोरोना उपचारको जोखिममा रामपुर

रामपुर राष्ट्रिय समाचार

५० वेडको रामपुर अस्पतालमा भेन्टिलेटर त परै जाओस एक सेट पिपिइ पनि छैन्

नगरप्रमुख रमण थापा भन्नुहुन्छः कोरोनाको शंका लागे रिफर गर्ने हो, नगरपालिकाले सामान किन्न सक्दैन

विष्णु घिमिरे
पाल्पा
चैत्र १९
पाल्पा जिल्लाको दोश्रो ठूलो शहर हो रामपुर । रामपुर अस्पतालमा ५० वेड छन् तर सामाग्री छैनन् । रामपुर अस्पतालका प्रमुख डा. विजय परियार भन्नुहुन्छ ३ सेट पिपिइ आएको थियो, युज एण्ड थ्रो भएकोले प्रयोग भइसक्यो अहिले हामीसंग एक सेट पनि छैन् ।
कोरोना संक्रमण फैलन सक्ने भन्दै अहिले अस्पताले ओपिडीलाई फिबर क्लिनक बनाएको छ, दैनिक १० देखी १५ विरामी आएका छन् । ५० हजारको हाराहारीमा जनसंख्या रहेको रामपुरमा एउटा मात्र अस्पताल छ । भेन्टिलेटर सहितको आइसोलेसन छैन । रामपुर नगरपालिकाका मेयर रमण थापाले भेन्टिलेटर सहितको आइसोलेसन बनाउने कुरा आफ्नो पँहुचमा नभएको बताउनुहुन्छ, उहाँ भन्नुहुन्छ कोरोनाको शंका लागे रिफर गर्ने हो, नगरपालिकाले सामान किन्न सक्दैन ।
रामपुर नगरपालिकाले २ वटा विद्यालयमा क्वारेनटाइन बनाएको छ । वालकल्याण प्रा.वि.मा ११ जना र छम्के आधारभूत विद्यालयमा ३ जना रहेका छन् । पछिल्लो समय भारत तथा अन्य मुलुकबाट आएका १ सय ३५ जना आफ्नै घरमा बसेका छन् ।