कोरोना संक्रमण र रोकथामको अवस्था बुझ्न जिल्ला समन्वय समिति पूर्वी पाल्पामा

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा चैत्र १९
जिल्ला समन्वय समिति पाल्पाले पूर्वी पाल्पाका ४ वटा स्थानीय तहको अवलोकन गरेको छ । कोरोना संक्रमण रोकथाम र उपचारका लागि स्थानीय सरकारले गरेका कामहरु अध्ययन गर्न अवलोकन गरिएको हो ।
पाल्पाका रम्भा गाउपालिकाले ताँहुमा संचालन गरेको क्वारेनटाइन, पूर्वखोलाको स्वास्थ्यचौकी तथा सिलुवाको क्वारेनटान, निस्दी गाउपालिकाको स्वास्थ्य चौकी तथा क्वारेनटाइन र रामपुर अस्पताल तथा क्वारेनटाइनको अवलोकन गरिएको जिल्ला समन्वय समितिकि कार्यवाहक सभापति मिरा मरासिनीले जानकारी दिनुभयो ।
अवलोकनमा पूर्वखोलाको क्वारेनटाइनमा रहेका युवाहरुको गाउपालिकाले राम्रो ख्याल गरेको तथा दुर्गम भएर पनि निस्दीले स्वास्थ्य चेतना तथा अपनाएको सावधानी प्रशंसनिय रहेको प्रदेश सभा सांसद नारायण आचार्यले बताउनुभयो । निस्दी गाउपालिकाले प्रवेश द्धारमै थर्मोगनबाट विरामी जाँच, भारत तथा विदेसबाट फर्किएका प्रत्येक घरमा डिजिटल थर्मोमिटर, स्वास्थय परिक्षण गर्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी घर घरमै पुग्नु प्रशंसनिय रहेको नेपाल पत्रकार महासंघका सभापति राजेश कुमार अर्यालले बताउनुभयो ।

यो पनि पढ्नुहोस ।

दिनको एकपटक अण्डा, टाइमपास गर्न टेलिभिजन र इन्टरनेटः पूर्वखोलाको क्वारेनटाइन

जनताको सेवा गर्ने बेला आएको छ ः मुक्त बहादुर सारु