दिनको एकपटक अण्डा, टाइमपास गर्न टेलिभिजन र इन्टरनेटः पूर्वखोलाको क्वारेनटाइन

पूर्वखोला राष्ट्रिय समाचार

विष्णु घिमिरे
चैत्र १९

२१ जना पूर्वखोला गाउपालिकाले सिलुवामा बनाएको क्वारेनटाइनमा छन् । २ जना २ दिन सिलुवा राखेर रामपुरको क्वारेनटाइनमा पठाइएको छ । पूर्वखोलामा १ सय ८७ जना भारत तथा अन्य मुलुकबाट आएका नागरिक छन् । गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाका अनुसार पूर्वखोलामा ६ वटा क्वारेनटान छन् । वडा नं. १ सिलुवामा २१ जना बसिरहेका छन्, वाँकी सवै वडामा १०/१० बेडका ८० जना अट्न सक्ने क्वारेनटाइन रहेका छन् ।
कस्तो छ सिलुवाको क्वारेनटाइन ?
महाराष्ट्रको मुम्बईबाट धनगढी हुदै आएका उनीहरु जनप्रिय मावि बर्तुङमा एक रातपछी सिलुवा आएका छन् । सिलुवा स्वास्थ्य चौकीका विश्वनाथ अर्यालका अनुसार २१ जनालाइ एक एक वटा थर्मोमिटर दिइएको छ, दिनको ३ पटक स्वास्थ्य परिक्षण हुन्छ । क्वारेनटानमा बस्नेहरुले आफै खाना पकाउने खाने गर्छन् । वडा अध्यक्ष भोग बहादुर थापाका अनुसार क्वारेनटानमा बस्नेहरुलाई टाइमपास गर्न दुख नहोस भनेर टेलिभिजन र इन्टरनेटको सुविधा दिइएको छ । यिनिहरु हाम्रा आफ्नै नागरिक हुन्, क्वारेनटाइन जेल होइन यीनीहरुको रेखदेख गर्ने हाम्रो जिम्मेवारी हो, वडा अध्यक्ष थापा बताउनुहुन्छ । सिलुवाको क्वारेनटाइनमा वडा अध्यक्ष र सदस्यहरु पालैपालो बसेर कुर्छन्, स्वास्थ्यकर्मी र सुरक्षकर्मीले साथ दिएका छन् । खानामा एक टाइम अण्डा दिइएको छ ।

सम्बन्धित समाचार

रम्भाको क्वारेनटानः भुईमै विस्तारा

जनताको सेवा गर्ने बेला आएको छ ः मुक्त बहादुर सारु