रम्भाको क्वारेनटानः भुईमै विस्तारा

पाल्पा विविध रम्भा राष्ट्रिय समाचार

विष्णु घिमिरे
चैत्र १९

विद्यालयको कक्षाकोठाको हल । सामान्य पातलो निलो कार्पेट त्यसमाथी ओढ्ने ओछयाउने । रम्भा गाउपालिका पाल्पाले ताँहुमा संचालन गरेको क्वारेनटान हो यो । नेपालमा पनि कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सबै स्थानीय तहहरुले क्वारेनटाइन बनाउने भनेपछी रम्भा गाउपालिकाले भुईमै विस्तारा लगाएर क्वारेनटाइन बनाएको हो ।

क्वारेनटाइन हल भित्रै बनाइएको भान्सा

भारतको महाराष्टबाट आएका २१ जना यो क्वारेनटाइनमा बसेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र ताँहुका प्रमुख केशरजंग कार्कीका अनुसार थर्मोमिटरले ज्वरो नापेर २ दिनसम्म यो क्वारेनटाइनमा राखेपछी पूर्वखोला पठाइएको छ ।

क्वारेनटाइन बाहिर पानी जमेको

५० जना अट्ने भनिएको भुई क्वारेनटानमा अहिले विरामी छैनन् । गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार हतार हतार भएकोले भुइमा सुताइयो । उहा भन्नुहुन्छ बेड किन्दै छम्, छिट्टै बेड सहितको क्वारेनटाइन बनाउछौ ।। प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख केशरजंग कार्कीले स्वास्थ्यकर्मीले लगाउने पिपिई नभएको बताउनुभएको छ । दुइ वटा थियो, युज एण्ड थ्रो हो, अहिले छैन । तर गाउपालिका अध्यक्ष भण्डारीले भने पिपिई, मास्क, स्यानिटाइजर, थर्मो गन कुनै पनि चिजको कमी नभएको बताउनुभएको छ ।

र यो पनि पढ्नुहोस ।

जनताको सेवा गर्ने बेला आएको छ ः मुक्त बहादुर सारु