जनताको सेवा गर्ने बेला आएको छ ः मुक्त बहादुर सारु

निस्दी पाल्पा विविध राष्ट्रिय समाचार

अन्य स्थानीय तहमा मास्क, थर्मो गन तथा स्यानिटाइजर अभाव रहेको बताइरहेका वेला निस्दी गाउपालिकाले सबै अत्यावश्यक सामान ढुवानी र वितरण गरिसकेको छ ।

विष्णु घिमिरे

पाल्पा चैत्र १९

कोरोना संक्रमण, रोकथाम र उपचारका लागि निस्दी गाउँपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई घरघरमै खटाएको छ ।
गाउंपालिकाका अध्यक्ष मुक्तबहादुर सारुसहितका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र प्रहरीहरु घरघरमै ज्वरो नाप्ने र स्वास्थ्य सचेतना दिँदै हिडेका छन् । विदेशबाट आएका र रोजगारीबाट फर्किएका नागरिकहरुलाई एकएक वटा डिजिटल थर्मा्मिटर दिएर दैनिक ज्वरोको मापन गर्ने, ज्वरो बढे स्वास्थ्यकर्मीलाई खबर गर्न प्रेरित गरिएको गाउ्रँपालिकाका प्रमुख भगवान भक्त अर्यालले बताउनुभयो । गाउ्रँपालिका र विभिन्न व्यक्तिबाट सहयोग लिएर गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पिपिइ सेट र पर्याप्त स्यानिटाइजर उपलब्ध गराएको छ ।


गाउँपालिकाको प्रवेश नाका वडा नं. ५ को बेलडाँडामा हेल्थ डेस्क स्थापना गरी जनप्रतिनिधि, स्वास्थ्यकर्मी र प्रहरी १÷१ जना अनिवार्य रहने व्यवस्था मिलाइएको छ । हेल्थ डेस्कले बाहिरबाट जाने जो कोहीलाई पनि सावुन पानीले हात धुन लगाउने, थर्मो गनले तापक्रम नाप्ने, आवागमन निषेधमा हिंडनुको कारण सोध्ने गरिरहेको छ । जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख मिरा मरासिनीले सरकार होस् त यस्तो भनेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, दुर्गममा रहेर पनि निस्दीले गरेको काम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय रहेको छ ।


गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिश्वाले दुर्गममा रहेकाले कोरोनाको संक्रमण नेपालमा फैलन सक्ने सम्भावनापछि नै अत्यावश्यक सामग्री बजारबाट खरिद गरेर व्यवस्थापन गरेको बताउनुभयो । गौरीशंकर माध्यमिक विद्यालयमा निर्माण गरिएको १२ वेडको क्वारेन्टाइन व्यवस्थित रहेको छ । गाउँगाउँमा पनि प्रत्येक नागरिकले सर्जिकल र गाउँमै बनाएका मास्क लगाएका देख्रिन्छन् । गाउँमा रहेका सबै खाद्यान्न पसललाई खाद्यान्न ढुवानी गर्न भनिएको छ । कोही भोकै बस्न नपरुस भनेर निशुल्क खाद्यान्न वितरण गरिदैछ, गाउपालिका अध्यक्ष मुक्त बहादुर सारु भन्नुहुन्छ जनतालाई सेव ागर्ने बेला आएको छ । अन्य स्थानीय तहमा मास्क, थर्मो गन तथा स्यानिटाइजर अभाव रहेको बताइरहेका वेला निस्दी गाउपालिकाले सबै अत्यावश्यक सामान ढुवानी र वितरण गरिसकेको छ ।