कोरोना भाइरस फैलिन नदिन तानसेनमा डिसइन्फेक्सन स्प्रे

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा
१७ चैत्र ०७६
तानसेनका केही स्थानमा डिस इन्फेक्सन स्प्रे सुरु गरिएको छ । तानसेन नगरका सम्वेदनशिल मानिने बसपार्क, लहरेपीपल, आन्दोलनचोक, शित्तलपाटी, हुलाकचोक, टक्सार विशालबजारसम्म कोरोना भाइरस फैलिन नदिन डिसइन्फेक्सन स्प्रे गरिएको हो । विश्वभर कोरोना भाइरसको त्रास बढीरहेका वेला संक्रमण फैलन नदिन तानसेन नगरपालिकाले डिसइन्फेक्सन स्प्रे गरेको जानकारी दिएको छ । तानसेन नगरपालिकाद्धारा बनाइएको क्वारेनटाइनमा पनि डिसइन्फेक्सन स्पे गरिएको तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो ।