सिटिजन लाइफको नयाँ एजेन्सी कार्यालय प्रभास पाल्पामा विस्तार

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,माघ १५ ।
पाल्पपाटी डेस्क ।
सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो एजेन्सी कार्यालय जिल्लाको प्रभासमा विस्तार गरेको छ ।
प्रभास बगैचामा अवस्थित रहेको यस कार्यालयले विमा क्षेत्रमा नगरिकको पहुँचलाई वृहत बनाउन शाखा विस्तारलाई तिव्रता दिएको कार्यालयकी एजेन्सी म्यानेजर रिता पाण्डेले बतउनुभयो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी गोल्ड क्लब बिजेता समेत रहेकी पाण्डे लुम्बिनी मेडिकल कलेजमा लामो समय सम्म ल्याब एसिस्टेन्टको पेशा छोडी बिगत दुई वर्ष देखि सिटिजन लाइफ इन्स्योरेन्समा बिमा अभिकर्ताको रुपमा कार्यरत रहेकी छिन । कार्यक्रममा तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मी पाठकले एजेन्सी कार्यालयको उद्घाटन गर्दै विमा सुख दुखको साथी रहेको हुँदा बिमा सचेतना गाउँ गाउमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

उद्घाटन कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका मध्यपश्चिम क्षेत्र प्रदेश ४ र ५ का प्रमुख सुनिल पोखरेल, एरिया ब्रान्च म्यानेजर दुर्गा राज ढकाल ,पाल्पा शाखा प्रमुख विजय कार्की , उद्यमशिल सीप विकास केन्द्रका निर्देशक विरबिक्रम सुनार लगायत प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो