पाल्पाको एनसेल टावरमा आगजनी,टावर जलेर ध्वस्त

तानसेन पाल्पा विविध राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार

पाल्पा,माघ १२ ।
सुनिल कार्की ÷
पाल्पाको बगनासकालि गाउँपालिका वडा नं ९ बगनासमा रहेको एनसेल टावरमा भिषण आगजनी भएको छ ।
आईतबार बेलुकी ९ः४५ को समयमा बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो ।

आगजनीका कारण टावर पुर्ण रुपमा जलेर ध्वस्त भएको प्रहरी प्रमुख जिसीले जानकारी दिनुभयो । आगजनीको कारण टावरको जेनेरेटर,विटिएस सिस्टम,जिएसएम एन्टेना,ब्याट्री प्यानल,मिटर बक्स सहित तार पुर्णरुपमा जलेको छ ।

घटना विप्लब नेतृत्वको माओवादीले गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाको बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।