गायक क्षेत्रको “मौसमले च्यालेञ्ज गर्यो ” बजारमा

पाल्पा विविध राष्ट्रिय लेख

माघ,१२ पाल्पा ।

सन्तोष बस्याल \
बिभिन्न समय र मौसम अनुरपका गित संगित नेपाली संगित बजारमा ल्याउन माहिर चर्चित गायक एबम् सर्जक श्रीकृष्ण क्षेत्रीको बिल्कुलै नयाँ अनि पृथक गीत “मौसमले च्यालेञ्ज गर्यो ” बजारमा ल्याएका छन ।

प्रेममा असफलता, दैनिक कामको बोझ, घर परिवार संगको पिडा, काममा असफता पस्चात युवाहरुले पिडा कसरी ब्यत्त गर्दछन भन्ने बिषय गितमा समेटिएको छ । गितमा सामाजिक सन्देश समेत दिइएको छ । पिडाको निहुमा मादक पदार्थ सेवनले पुरयाउने हानी र प्रतिष्ठामा आउने आँचलाई भिडियोमा मसिनोसंग देखाउने कोशिस गरिएको छ । गीतमा श्रीकृष्ण क्षेत्रीकै शब्द, संगीत, स्वर रहेको छ ।

चर्चित निर्देशक होम धितालको निर्देशन रहेको यस गीतमा मरुभुमी नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा होम धिताल, श्रीकृष्ण क्षेत्री , रिचा थापा, जनक कार्की र दिल कुमार रम्तेलको अभिनय हेर्न पाईन्छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।