अगाँहाखोलाको कृषि पर्यटन महोत्सव माघ ५ देखी ७ गते सम्म हुने

रम्भा राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा माघ ४
हुने अविरल वर्षाका कारण अगाँहाखोलामा आयोजित कृषि पर्यटन महोत्सव सारिएको छ । ३ गते शुक्रवार देखी ३ दिन सम्म आयोजना गर्ने भनिएको महोत्सव वर्षाका कारण सारिएको सास्कृतिक संयोजक शिव भट्टराईले जानकारी दिनुभयो । महोत्सव माघ ५ देखी ७ गते सम्म आयोजना हुने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पाको रम्भा गाउँपालिकाको अँगाहाखोलामा दोस्रो पटक कृषि ,पर्यटन तथा साँस्कृतिक महोत्सव तथा दोस्रो अँगाहाखोला डान्स आइडल आयोजना भएको हो । अँगाहाखोला साहारा कृषि सहकारी संस्था लिमिटेड र पिपलडाडा सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेड को संयुक्त आयोजना रम्भा गाउँपालीका र अँगाहाखोला सरोकार समाज काठमाडौको सहआयोजनामा रम्भा पिपलडाडाको कृषि पर्यटन एवं संस्कृतिक प्रर्वद्धनको लागि कार्यक्रम गर्न लागिएको हो । महोत्सवमा दोस्रो अँगाखोला डान्स आइडल , दिनको एक घण्टा सीप तथा स्वरोजगार सम्बन्धित तालिम संचालन , कृषि पशुपन्छि तथा घरेलुु बस्तुको प्रदर्शनी तथा बिक्रीबितरण कृषि सामाग्री तथा यान्त्रिकरण प्रबिधिको प्रदर्शनी तथा बिक्रीवितरण , स्थानीय खाना तथा नास्ताको प्रदर्शनी तथा बिक्रीवितरण स्थानीय लोक संस्कृतिको प्रदर्शनी तथा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरू राजु परिया दुर्गा रायमाझी इन्द्र जि। सी। बिष्णु खत्री रमेश पाल्पाली नारायण लेकाली प्रेम लामिछाने मगर सुमन गैरे हुम गैरे रास्कोटी मगर शिव भट्टराई बसन्ति थापा रामकृष्ण थापा मिलन खड्का कमल गाहा सुमन खनाल जय प्रकाश उप्रेती सितल लामिछाने लगायत कलाकार प्रस्तुति रहने हुनेछन् साथमा हरेक दिन निशुल्क आँखा शिविर रहेको छ।रम्भा पर्यटन र संस्कृतिको क्षेत्रमा धनि भएर पनि ओझेलमा परेकोले सो क्षेत्रको विकासको लागि गर्न लागिएको मुल समितिका सांस्कृतिक संयोजक शिव भट्टराईले जानकारी दिनुभयो।