रिडी मेलामा खोला पस्यो स्टल बगाएको छैन

तानसेन राष्ट्रिय समाचार

पाल्पा
३ माघ २०७६
गुल्मी र स्याङ्जाको संगम पवित्र रुरु धाममा आयोजना भई रहेको महोत्सवलाई अविरल परेको बर्षाले विथोलेको छ । बिहिवार राती रिडीखोला बढेपछि त्यहा मेलाको लागि बनाईएको अस्थायी पुल फड्के वगाएको छ । पाल्पा र गुल्मी तर्फका स्टलहरुमा खोला पसे पनि स्टल नबगाएको तानसेन १४ का वडा अध्यक्ष कमल रानाले श्रीनगर टेलिभिजनलाई जानकारी दिनुभयो । खोलाको नजिक रहेका स्टलहरुलाई सुरक्षित सार्न लागिएको पनि वडा अध्यक्ष रानाले जानकारी दिनुभयो । केही मिडियाहरुमा स्टल बगाएको समाचार आयो म अहिले पनि यहि नै छु कसैको स्टल तथा सामान बगाएको छैन । पानीले विथोलेको मात्र हो, अध्यक्ष रानाले भन्नुभयो ।
श्रीनगर टेलिभिजनबाट साभार