सेनाको एक दिने निशुल्क स्वास्थ्य शिविरमा ५ सय बढी लाभवान्वीत

तानसेन पाल्पा विविध राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार

पाल्पा,माघ २ ।
सुनिल कार्की ÷
पाल्पा,गुल्मी र स्याङजा जिल्लाको संगम स्थल रिडिमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जनतालाई सर्वशुलभ स्वास्थ्य सेवा दिने उद्धेश्यले सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ५ सय बढी स्थानियले सेवा लिएका छन ।

शिविरको उद्घाटन गर्दै मध्य पश्चिम पृतन रुपन्देहीका पृतनापति उपरथी सिताराम खड्काले मुलुकको शान्ति सुरक्षा सँगै जनताको स्वास्थ्य सेवामा नेपाली सेना सधै संवेदनशील रहेको बताउनुभयो । उपरथी खड्काले जनता र सेना बिचको सम्बन्धलाई अझै सुमधुर कायम गर्न जनता नेपाली सेना सधै तयार रहेको बताउनुभयो ।

पाल्पा स्थित नेपाली सेनाको गोरख दल गणको आयोजनामा धार्मिक, ऐतिहासिक तथा पर्यटीय क्षेत्र रुरु क्षेत्र धाम रिडिमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । माघे संक्रान्तीको अवसरमा कालीगण्डकी रिडिसँगै ऋषिकेश भगवनको दर्शन गर्न आउने पर्यटकलाई लक्षित गरि शिविर सञ्चालन गरिएको गणका गणपति सुरज थापाले बताउनुभयो । शिविरबाट वृद्धवृद्धा,बालबालिकका साथै युवाहरुले स्वास्थ्य सेवा लिएको गणपति थापाले जानकारी दिनुभयो ।

शिविरमा श्री नं २२ फिए गुल्मका डाक्टर सहित ४ जना सिभिल डाक्टर र २ जना हेल्थ एसिस्टेन्टले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा इसीजी ५२,सुगर ११५ र अन्य गरि २०३ जनाले स्वास्थ्य सेवा लिएको गणका सह–सेनानी मेहेश ज्ञवालीले बताउनुभयो ।  अर्घाखाँचिबाट रिडिमा स्नान गर्न आउनु भएका ७२ वर्षी कृष्ण पराजुलीले धर्मकर्म सँगै निशुल्क स्वास्थ्य सेवा पाउँद खुसी लागेको बताउनुभयो ।


शिविरमा पाल्पा सहित गुल्मी,अर्घाखाँचि,स्याङजा,रुपन्देही,पर्वत,रुकुम पुर्व पश्चिम,बाग्लुङ लगायतका जिल्लाका स्थानियले सेवा लिएको सह–सेनानी ज्ञवालीले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा विरभद्रजंग गुल्म गुल्मीले समेत सहभागीता जनाएको थियो ।