पाल्पामा भेटीएको दुईवटा सकेट बम सेनाद्धार डिस्पोज

राष्ट्रिय रिव्दीकोट समाचार
सेयर गर्नुहोस

पाल्पा,पुष २९
सुनिल कार्की ।
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं १ सिद्धेश्वरको चुनढुङ्गगा खानिमा फेला परेका दुई वटा सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।
सिद्धेश्वर मिनरल्स प्रालिले चुनढुङ्गगा उत्खन्न लागि प्रयोगमा ल्याएको जेसीवी डोजरमा फेला परेको सकेट बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो । खानिमा प्रयोग भएको जेसीबीमा खतर लेखि राखिएको शंकास्पद वस्तु बम नै भएको पुष्टी भए पछि पाल्पा स्थित नेपालीको गोरखदल गणको बम डिस्पोजल टोलीद्धार निष्कृय गरिएको प्रमुख जिसीले जानकारी दिनुभयो ।


बम डिस्पोज गर्न पाल्पा स्थित नेपाली सेनको गोरखदल गणको बम डिस्पोजल टोेली घटनास्थल पुगेको थियो । सह सेनानी मेहेश ज्ञवालीको कमाण्डमा टोली खटिई बम डिस्पोज गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक सुरज श्रेष्ठको कमण्डमा टोली खाटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिखानि नजिकै जिल्ला जन परिषद पाल्पा लेखिएको कागज समेत भेटिएको छ । जसमा ४ वटा बुंदा समेत लेखिएको भेटीएको छ ।

उत्त पर्चाम सिद्धेश्वर खानिलाई कारबाही किन भनि लेखिएको छ । जसमा प्रकृतिक स्रोत साधनको दोहन किन,दर्ता नगरि संञ्चालन,जनताको भावना विपरित सञ्चालन किन गरेको भनि प्रश्न गरिएको छ ।
बम डिस्पोज भए सँगै खानि क्षेत्र आसपासका स्थानिय काम गर्ने ठेकेदार ,मजदुर र कामदारले राहातको महशुस गरेका छन । बम कस्ले र किन राखेको हो भन्ने विषयमा थप अनुशन्धान भईरहेको छ ।
बम भेटीएको स्थान पाल्पा सदरमुकाम तानसेन देखि ५० किलोमिटर पश्चिम रहेको छ ।