पाल्पाको सिद्धेश्व चुनढुङ्गगा खानिमा शंकास्पद बस्तु फेला, सेनाद्धार डिस्पोजको तयारी

पाल्पा विविध पूर्वखोला राष्ट्रिय रिव्दीकोट रैनादेवी समाचार

पाल्पा,पुष २९
सुनिल कार्की ।
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं १ सिद्धेश्वरको चुनढुङ्गगा खानिमा शंकास्पद बस्तु फेला परेको छ ।
सिद्धेश्वर मिनरल्स प्रालिले चुनढुङ्गगा उत्खन्न लागि प्रयोगमा ल्याएको जेसीवी डोजरमा खतर लेखी राखिएको शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो ।

खानि नजिकै जिल्ला जन परिषद पाल्पा लेखिएको पर्चा समेत भेटिएको छ । जसमा ४ वटा बुंदा समेत लेखिएको भेटीएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी निरिक्षिक सुरज श्रेष्ठले जानकारी दिनुभयो । उत्त पर्चाम सिद्धेश्वर खानिलाई कारबाही किन भनि लेखिएको छ । जसमा प्रकृतिक स्रोत साधनको दोहन किन,दर्ता नगरि संञ्चालन,जनताको भावना विपरित सञ्चालन किन गरेको भनि प्रशन गरिएको छ ।

बम डिस्पोजको लागि पाल्पा स्थित नेपाली सेनको गोरखदल गणको बम डिस्पोजल टोेली घटनास्थल पुगेको छ । सह सेनानी मेहेश ज्ञवालीको कमाण्डमा टोली खटिई बम डिस्पोजको तयारी भईरहेको छ ।
घटनस्थलमा अहिले अहिले ठुलो मात्रमा नेपाल प्रहरी, सश्स्त्र प्रहरी र नेपाली सेना खटिएको छ । बम भेटीएको स्थान पाल्पा सदरमुकाम तानसेन देखि ५० किलोमिटर पश्चिम रहेको छ ।