तिनाउको बौरीडाँडामा ट्याक्टर दुर्घटना,चालक थारुको घटनास्थलमै मृत्यु

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,पुष २७ ।
सुनिल कार्की ।
पाल्पाको तिनाउ गाउँपालिका ४ बौरीडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रिखोलाबाट चौबिस माइल तर्फ आउँदै गरेको लु २ त ७२५७ नं ट्याक्टर सडक देखि ७ मिटर तल खस्दा चालक पश्चिम नवलपरासि सरावल गाउँपालिका १ का ३२ वर्षका पुष्पराज थारुको घटनस्थलमै मृत्यु भएको हो।

घटना बारे अनुशन्धान गर्न प्रहरी चौकी दोभानबाट प्रहरी नायब निरिक्षक बल बहादुर घर्तीमगर र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक सुरज श्रेष्ठको कमाण्डमा टोली खटिई घटना बारे थप अनुशन्धान भईहरेको छ ।