रम्भाको चण्डीथानमा पिक अप जिप दुर्घटना,७ जना घाइते

पाल्पा विविध रम्भा राष्ट्रिय समाचार

पाल्पा,पुष २७ ।
सुनिल कार्की ।
जिल्लाको रम्भा गाउँपालिका ३ चण्डीथानमा पिक अप जिप दुर्घटना भएको छ ।

पिपलडाँडाबाट चन्डीथान तर्फ आउर्दै गरेको लु २ च ६०६८ नं को पिक अप जिप उकालो बाटोमा ब्याक भई दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते ७ जनाको लुम्बिनि मेडिकल कलेज प्रभास उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले जानकारी दिनुभयो । घटनास्थालमा प्रहरी चौकि राम्दीबाट खडानन्द भुषालको कमाण्डमा टोली खटिई दुर्घटना बारे थप अनुशन्धान भईरहेको प्रहरी प्रमुख जिसीले बताउनुभयो ।

घटना बारे थप विवरण बारे आउन बाँकी रहेको छ ।