‘हाम्रो तानसेन’ त्रैमासिक बुलेटिन पुर्णाङ्क ७ को सार्बजनिकरण

तानसेन पाल्पा विविध राष्ट्रिय लेख समाचार

पाल्पा,पुष २७ ।
सुनिल कार्की ।
तानसेन नगरपालिकाको ‘हाम्रो तानसेन’ त्रैमासिक बुलेटिनको पुर्णाङ्क ७ सार्बजनिकरण गरिएको छ । एक कार्यक्रमका बीच सांस्कृति अंक पुर्णाङ्क ७ को सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको अंकमा तानसेनको समसामयिक विषयवस्तु माथि समेत छलफल गरिएको थियो ।

कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले तानसेन नगरपालिकाका गतिविधि प्रकाशन गर्न र गरेका कामको समिक्षा गर्न हाम्रो तानसेन बुलेटिन प्रभावकारी माध्यम भएको बताउनुभयो । फरक प्रसंगमा नगरप्रमुख शाहीले अवको अंकमा सिद्धार्थ करिडोरका बारेमा समचार प्रकाशन तथा प्रशारण गार्न आग्रह गर्नुभयो ।


कार्यक्रमा तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेश्म न्यौपाने,सामाजिक विकास शाखा अधिकृत भरत आचार्य,पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल,पत्रकार माधव अर्याल,रेखीराम राना,लगायतको सहभागीता रहेको थियो ।

कार्यक्तम तानसेन बुलेटीनका प्रधानसम्पादक एवं प्रेस सल्लाकार गोविन्द भट्टराईको सहजीकरणमा भएको थियो ।