पाल्पामा १ हप्ते आधारभूत पत्रकारिता तालिम सुरु

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, पुष,२६ ।

संगिता रेग्मी ।
तानसेनमा टुकी मिडिया प्रालि र पाल्पा खोज खबर साप्ताहिको आयोजनामा १ हप्ते आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । शनिबारबाट सुरु भएको तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ पाल्पाका कोषध्यक्ष मिलन विश्वकर्माले गर्नुभएको हो ।


प्रमुख अतिथि समेत रहनु भएका विश्वकर्माले पत्रकारिताको महत्व, समस्या र चुनौतिका बारेमा बोल्दै सहभागीलाई तालिममा सिकेका कुरालाई व्यवहारमा समेत लागू गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पाल्पा खोज खबर साप्ताहिक पत्रिकाका सम्पादक गुनुमाया मस्राङ्गी, पत्रिकाका सल्लाकार सेर बहादुर थापा, पी फाईप नेपालका अध्यक्ष ज्योति पाण्डे लगायतले बोल्नु भएको थियो ।

प्रालिका अध्यक्ष डोलबहादुर विकले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनुभयो । तालिममा पत्रकारिता परिचय, समाचार, फिचर, लेखन, उद्घोषण लगायतका विषयमा सिकाईने बताईएको छ । तालिमको सहजिकरण राष्टिूता समाचार समिति पाल्पाका सम्वाददाता कृष्ण दर्नालले गर्नुभएको छ ।

तालिममा २४ जना पशिक्षार्थीहरुको सहभगिता रहेको छ । प्रा।लिका अध्यक्ष डोलबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रिकाका प्रबन्ध निर्देशक टंक प्रसाद अर्यालले गर्नुभएको थियो ।