प्रहरीद्धारा छेर्लुङका ५१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

तानसेन राष्ट्रिय लेख समाचार
सेयर गर्नुहोस

पाल्पा,पुष २४ ।
सुनिल कार्की ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन नगरपालिका वडा नं १३ छेर्लुङका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत राधाकृष्ण प्रा.वि.मा अध्यनरत ५१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

तानसेन नगरपालिका वडा नं ३ का सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष भुगोल बैजु मार्फत प्राप्त भएको शैक्षिक सामाग्री कक्षा इसिडि देखि ३ सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री कपि,डटपेन,कटर,इरेजर र पेन्सील हस्तान्त्रण गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो । सरकारी विद्यालयका विपन्न तथा जेहेन्दर विद्यार्थीलाई लक्षित गरि सामुदायिक सेवा केन्द्रको समन्वयमा शैक्षिक सामाग्री वितरण गरिएको जिसीले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पाल्पाले शैक्षिक सामाग्री बैंक मार्फत सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । प्रहरीले शैक्षिक सामाग्री सहयोगार्थ शैक्षिक सामाग्री बैंक नै स्थापन नै गरेको छ ।