माथागढीका सारुले पाए सिटिजनको साढे ५ लाखको भुक्तानी

पाल्पा विविध माथागढी राष्ट्रिय रैनादेवी समाचार

पाल्पा,पुष २३ ।
सिटिजन लाइफ इन्स्योेरेन्सले पाल्पाको माथागढी ६ गोठादीमा एक कार्यक्रमका बीच मृत्यु दावी भुत्तानी वापतको साढे पाँच लाखको चेक हस्तान्तरण गरेको छ । सिटीजन लाइफ इन्स्योरेन्सबाट छोरिको साढे ५ लाखको जीवन बीमा गरेका शिव बहादुरु सारुको बिमा गराएको ४४ आंै दिनका दिन मृत्यु भएपछि उनको परिवारलाई सो दावी भुक्तानी गरिएको हो ।

उक्त रकम कम्पनीका मध्य पश्चिम क्षेत्रका प्रमुख ब्यापार अधिकृत सुनिल पोखरेल, बुटवल एरिया शाखा प्रबन्धक दुर्गाराज ढकाल , पाल्पा शाखा प्रबन्धक विजय कार्की र माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई र वडा अध्यक्ष मधु पराजुलीले संयुक्त हस्तान्तरण गर्नुभएको हो ।

दावी भुक्तानीको चेक ग्रहण गर्दै मृतककी पत्नी याम कुमारी सारुले जिवन बीमा गरेका कारण इन्स्योरेन्सले छोरीको १६ वर्ष सम्मको पढाई खर्च व्यवहोरी दिने भएपछि लालनपालनमा आफुलाई केही सहज महसुस भएको बताउनुभयो ।

जीबन बीमा अभिकर्ता रजिता भण्डारी मार्फत प्रथम विमा शुल्क बापत ३९ हजार २ सय ५० रुपैयाँ बुझाएर सारु परिवारले गत भाद्र महिनामा ५ लाख बिमाङ्क रकमको १६ वर्षे सिटिजन बाल भविष्य योजना नामको बीमा खरिद गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, मृतक परिवारको मानवीय क्षती बापत ५ लाख र काजक्रिया खर्च बापत ५० हजार गरी ५ लाख ५० हजार रकम एकमुष्ठ तत्काल भुक्तानी गरेको हो ।

६ बर्षिय लुकमाया ले बीमा अवधी कायम रहुन्जेल अर्थात अझै १५ वर्ष १० महिना सम्म कम्पनीबाट मासिक ५ हजार रुपैयाका दरले मासिक आय लाभ पाउनेछिन ।

त्यस्तै, अब उनको परिवारले कम्पनीलाई कुनै रकम बुझाउनु पर्ने छैन । बीमा अवधि समाप्ति सम्ममा बिमित लुकमायाले ५लाख बीमाङ्क र नियमअनुसारको बोनस एकमुष्ठ सहित करिब २५ लाख भन्दा बढी रकम पाउने कम्पनीले जनाएको छ ।