परिवार नियोजन संघ पाल्पा शाखाको १८ औं साधारणसभा एवं छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन श्रेष्ठ

तानसेन पाल्पा विविध राष्ट्रिय रैनादेवी लेख समाचार

पाल्पा,पुष,२० ।

पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको १८ औं साधारणसभा एवं छैठौ अधिवेशनले सुधीरप्रसाद श्रेष्ठलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । शाखाका सात सदस्य, दुई युवा र किशोरी सदस्यसहितको निर्वाचनपछिको पहिलो बैठकले उपसभापति ज्योति राजभण्डारी, सचिव सुशील राज शाक्य, कोषाध्यक्ष कोपिला कार्की चयन भएका छन् । यसैगरी सदस्यहरुमा उमानाथ न्यौपाने, शारदा थापा क्षेत्री, माधव अर्याल, लक्षिमा ज्ञवाली, युवा संयोजक मिलन खड्का, युवा किशोरी सदस्य सुरक्षा गिरी निर्विरोध चयन भएका छन् ।

नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले विगतदेखि नै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । एमविविएस डाक्टरसहितको सेवा प्रदान गर्नुका साथै यहाँ विभिन्न प्रकारको सेवा सुविधा थपिँदै गएको गएकाले सेवाग्राहीले पनि रुचाउने गरेका छन् । शाखाले नमूनाको रुपमा एचआईभी र एड्स सम्बन्धि भेदभाव र लाञ्छना हटाउन तथा संक्रमितहरुको पहुँच र क्षमता विस्तारका लािग घर तथा समुदायमा आधारित स्याहार कार्यक्रम चलाएको छ । एचआईभी संक्रमित चार जना व्यक्तिहरुलाई साथी शिक्षक सामुदायिक परामर्शदाताका रुपमा नियुक्ति गरी रोजगार प्रदान गर्दै आएको छ । जिल्लामा रहेका संक्रमितहरुलाई समूहमा आवद्ध गरी क्षमता विकास, भाइरल लोड टेस्ट, आयआर्जनका लागि बीउँपुँजी दिने गरेको छ ।

यहाँ इसीजी, भाइरल लोड टेस्ट, गर्भ परिक्षण गर्ने कलर डप्लर, अल्ट्रासाउण्ड सेवा प्रदान गर्दै आएको छ । शाखा प्रबन्धक सोवाकान्त न्यौपानेका अनुसार विशेषगरी महिलाकालागि आवश्यक भएकाले प्राप्त मेशिनबाट सुलभदरमा अल्ट्रासाउण्ड सेवा दिँदै आएको छ । शाखाका पूर्व उपसभापति चित्रवलीराम सुवालले उत्कृष्ट स्वास्थ्य सेवाकालागि परिवार नियोजन संघलाई जनता सम्झने गरेको बताए । वार्षिक एक लाख जनताले परिवार नियोजन संघबाट सेवा लिएको बताउँदै उनले संघबाट बढी भन्दा बढी महिला सेवाग्राहीले फाइदा लिएको बताए ।

शाखाले महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण, पाठेघर खस्ने समस्या पहिचान, उपचारका साथै परिवार नियोजन साधारण बितरण, एकीकृत प्रजनन स्वास्थ्य परीक्षण निःशुल्क शिविर आयोजना गरेको छ । शाखाका कोषाध्यक्ष ज्योति राज भण्डारीले १ करोड ३१ लाख २२ हजार रुपैया“को आयव्यय सुनाइन् । शाखाले सुरक्षित गर्भपतन सेवा, असुरक्ष्ँित गर्भपनको जटिलताको उपचार, खोप सेवा, सामान्य स्वास्थ्य परीक्षण, यौन रोग परीक्षण तथा उपचार,स्त्री रोग परीक्षण तथा उपचार सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा, लैगिंकतामा आधारित हिांस परामर्श तथा पहिचान, परिवार नियोजन परामर्श सेवा दिने गरेको छ । कार्यक्रम उपसभापति चित्रवलीराम सुवालको स्वागत, सचिव सुशीलराज शाक्य संचालन, शाखा सभापति सुधीर प्रसाद श्रेष्ठको अध्यक्षतामा चलेको हो ।