पाल्पा क्षेत्र नंं २ को स्थानीय पूर्वाधार विकास कार्यक्रमको लागि विनियोजित वजेट सार्वजनिक

तानसेन तिनाउ पाल्पा विविध राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार

विष्णु घिमिरे
पाल्पा, पौष १९
पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य माननीय सांसद सोमप्रसाद पाण्डेयद्धारा विनियोजित स्थानीय पूर्वाधार विकास कार्यक्रमको लागि विनियोजित वजेट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । शनिवार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा सांसद पाण्डेयले स्थानीय विकास पूर्वाधार अन्र्तगतको ६ करोडको वजेट सार्वजनिक गर्नुभएको हो । पाल्पा निर्वाचन क्षेत्र नं. २ का तानसेन, बगनासकाली, तिनाउ, रिब्दीकोट र रैनादेवीको लागि वजेट विनियोजन भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै सांसद पाण्डेयले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई विकासको मूल प्रवाहमा ल्याउन जनताको आवश्यकतालाई मध्यनजर गर्दै विनियोजन गरिएको बताउनुभयो । कार्यक्रममा विनियोजित बजेटको सहि तरिकाले सदुपयोग हुनेगरी कार्यान्वयन गर्नुपर्ने सरोकारवालाको भनाई थियो ।

पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य माननीय सांसद सोमप्रसाद पाण्डेयद्धारा विनियोजित स्थानीय पूर्वाधार विकास कार्यक्रमको लागि विनियोजित वजेटको पूर्ण विवरण: