विदेशी भुमिमा पसिना बगाएर कमाएको रकम मृगौला पिडितलाई सहयोग

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,पुष १८ ।
सुनिल कार्की ।
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं २ साबिक अर्बेनि गा.बि.स वडा नं ४ का ४२ वर्षीय भिमलाल न्यौपान (थुम्केली) लाई युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । दुबै मृगौला फेल भई हाल रुपन्देहीको भैरहवा स्थित सिद्दार्थ मेडिकल कलेजको आइसियू कक्षमा पिडित न्यौपानेको उपचार भइरहेको छ ।

न्यौपानेको परिवारमा आर्थिक रुपमा कमजोर र विपन्न परिवार भएकाले सहयोगको लागि यूएईमा अनुरोध भए पछि वैदेशिक रोजगारीका लागि युएईमा रहेका नेपालीले सहयोग गरेका हुन । सहयोग गर्नेमा गुल्मी अर्बेनिका इश्वरी न्यौपाने, झवि न्यौपाने र दिनेश न्यौपानेका साथै गुल्मी हर्मिचौर समाज युएईको संयुक्त पहलमा अर्बेनि ,हर्मिचौर,पर्वत,मिर्मी,बिर्घा लगायत अन्य ठाउँका युवाहरु पहलमा रु एकलाख दुई हजार सहयोग प्राप्त भएको छ ।

कालिगण्डकी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष देविप्रसाद न्यौपानेले विरामीलाइ रकम हस्तान्तरण गर्दै यो कार्यमा खटिनु हुने सबै नेपलाी दाजुभाइलाई धन्यवाद दिर्दै पिडित न्यौपानेको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।