जनताको सारथी बन्दै नेपाली सेना, घाईते विरामीलाई रत्तदान

तानसेन रम्भा राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा,पुष १८ ।
सुनिल कार्की ।
पाल्पाको रम्भा गाउँपालिका ५ ताहुँकी समित्रा सुर्यवंशीलाई नेपाली सेनाले रगत उपलब्ध गराएको छ । रुखबाट लडेर घाइते भएकी सुमित्राको उपचारमा O+VE रगत अभाव भए पछि जिल्ला स्थित गोरखदल गणका अमल्दार सन्देश गुरुङले रत्तदान गर्नुभएको हो ।

घाइते सुमित्राको अहिले तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।
नेपाली सेनाले शान्ति सुरक्षा सँगै विप्द ब्यवस्थापन,सरसफाई लगायतको काम गर्दै आएको गणका गणपति प्रमुख सेनानी सुरज थापाले पाल्पापाटी अनलाइनलाई बताउनुभयो ।