बालबालिकालाई यसरी जोगाउनुस् चिसोबाट

निस्दी पाल्पा विविध रामपुर लेख समाचार

चिसोको समयमा  बालकालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। यो समयमा बालबालिकामा निमोनिया लगायका रोगहरु देखा पर्दछ ।

बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ।

खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।

 लक्षण
–श्वासप्रश्वास दर बढ्ने

–ज्वरो आउने

–खोकी लाग्ने

–छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने

–श्वास फेर्न कठिन हुने

–ससाना बालबालिकाहरुले आमाको दुध नचुस्ने

कसरी जोगाउने?
– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाउनुपर्छ

–पर्याप्त मात्राको पोषणले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ। बालबालिकालाई आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ ।

–धुवाँधूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ ।

–बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ ।

–सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।

–बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ ।

निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ । आफूखुशी औषधी किनेर खानु हुँदैन । गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ ।