भर्रखरै बजुरामा जिप दुर्घटना ४ जनाको मृत्यु ५ जना घाइते

राष्ट्रिय लेख समाचार

बाजुरा – बाजुराको हिमाली गाउँपालिका-७ मा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे चार जनाकै परिचय खुलेकाे छ ।

हिमाली गाउँपालिका-६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से १ ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाकाे ज्यान गएकाे थियाे भने अन्य ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा बाजुराको हिमाली गाउँपालिका ६ का पवन भण्डारी, मुगुको कर्मारोडा गाउँपालिका-८ का पेमा लामा, कैलालीको पन्याल गाउँपालिका-५ का दिनेशकुमार घर्तीमगर र जीपका चालक बाजुराको जगनाथ गाउँपालिका-५ का रमेश बहादुर शाही रहेका बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंंह भाटले जानकारी दिनुभयो ।