प्रहरी महानिरीक्षक खनाल  पुरस्कृत

राष्ट्रिय समाचार

काठमाडौं, १७ पुस

बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट एंव उल्लेखनिय काम गरेकोले तालुक गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सर्वोत्कृष्ट घोषणा गरेकोमा माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ज्यूले गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई रू. १० हजार नगदसहित सम्मानपत्र प्रदान गर्नु भएको छ

आर्थिक वर्ष २०७५/०७६ सम्म कायम नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको छ । यसअघि पनि आर्थिक वर्ष २०७४/०७५ पनि नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट घोषित भएको थियो ।