बुटवलमा स्कुटरलाई ठक्कर दिएर भाग्यो कार, २२ वर्षीया युवतीको मृत्यु

पाल्पा विविध राष्ट्रिय समाचार

बुधबार राति बुटवलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको थियो।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको उक्त कारले बेसक्याम्प चोकबाट सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट स्कुटरमा सवार बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

स्कुटरलाई ठक्कर दिएपछि फरार रहेको कारको खोजी भइरहेको छ छिट्टै नियन्त्रणमा लिइने भट्टराईले बताए।