सादा पोशाकका घुमुवा प्रहरीको परिचालन मेट्रोद्वारा खारेज

पाल्पा विविध राष्ट्रिय लेख समाचार

काठमाण्डौं,पुष १७ ।

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले सादा पोशाकका सबै घुमुवा प्रहरीको परिचालन खारेज गरेको छ ।

महानगरीय प्रहरी कार्यलयबाट खटाइएका सादा पोशाकका प्रहरीको परिचालन खारेज गरिएको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

कार्यालयले ३० देखि ३५ जना शादा पोशाकका प्रहरी उपत्यकामा खटाउने गरेको थियो । ती प्रहरीले अब प्रहरी पोशाकमै प्रहरी कार्यालयको दैनिक अपरेसनमा खटाइने आयुक्त पोखरेलले बताए ।