तिनाउमा भ्रमण वर्षको भब्य कार्यक्रम,प्रवेशद्धारमै गरियो पर्यटकलाई बाजा गाजा सहित स्वागत

तिनाउ पाल्पा विविध राष्ट्रिय लेख समाचार

पाल्पा,पुष १६ ।
भ्रमण वर्षको अवसरमा पाल्पाका विभिन्न स्थानिय तहले विभिन्न कार्यक्रम गरि भ्रमण वर्षको सुभारम्भ गरेका छन । जिल्लाको तिनाउ गाउँपालिकाले पनि भ्रमण वर्ष २०२० को अवसरमा पाल्पा प्रवेशद्धारमा पर्यटकहरुलाई स्वागत गरेको छ । तिनाउ गाउँपालिका र सिद्धबाबा मन्दिर विकास समितिको संयुक्त आयोजनामा पाल्पाको प्रवेशद्धारमा बाजागाजा सहित पर्यटनकहरुलाई फुलमाला सहित स्वागत गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अथिति पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य माननीय सांसद सोम प्रसाद पाण्डेले भारतीय पर्यटकहरुलाई फुलमाला लगाएर स्वागत गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यस्तै सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङ्ग,तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती,तिनउ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष प्रेम पाण्डे,वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठ,तल्लो सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष लबकुश श्रेष्ठ,तिनाउ गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले भ्रमण वर्ष २०२० को अवसरमा शुभकामना दिर्दै आफ्नो भनाई राख्नुभएको थियो । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङ्गको स्वागत तथा अमर प्रधानको सञ्चालनमा भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेले पाल्पा पर्यटनको हिसाबले प्रचुर सम्भावना भएको जिल्ला भएकोले देशको विकासमा भ्रमण वर्षले प्रभावकारी भुमिका खेल्ने बताउनुभयो । भ्रमण वर्षलाई भब्य रुपमा सफल पार्न गाउँपालिकाले विभिन्न पर्यटन प्रर्वद्धका कार्यक्तम तयार रहेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीले तिनाउ गाउँपालिका भित्रका जनताको आर्थिक समृद्धिको लागि जन्तीलुङ,सुकेताल,सत्यवतीमा होमस्टे सञ्चालानमा ल्याईएको बतानउनुभयो ।