पेट्रोल र डिजेलको मूल्य वृद्धि

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पुष १६ , काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।