तानसेनमा पनि भ्रमण वर्षको शुभारम्भ, देश विदेशमा तानसेन चिनाउने नगरप्रमुख शाहीको भनाई

अन्तर्राष्ट्रिय तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

विष्णु घिमिरे
पाल्पा पौष १६
तानसेन नगरपालिकाले भ्रमण वर्ष २०२० को सुभारम्भ गरेको छ । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै भ्रमण वर्षको शुभारम्भ गर्नुभयो । नेपालको राष्ट्रिय गौरवको कार्यक्रम भ्रमण वर्ष सफल बनाउन तानसेन नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गर्ने नगरप्रमुख शाहीले बताउनुभयो ।


रानीमहलको फोटो नेपालका सबै होटलहरुमा राख्ने, पोखरा, सुनौली लगायतका ठाउँहरुमा तानसेन झल्कने डिस्प्ले वोर्ड राखिने, विभिन्न समुदाय संग सम्बन्धित सस्कृती झल्कने कार्यक्रमहरु समेत यो वर्ष गरिने तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीको भनाई छ ।
भ्रमण वर्षको अवसरमा तानसेन नगरपालिका परिसर हुदै बसपार्क सम्म सरसफाई कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यसैगरी बसपार्कमा तानसेन झल्कने स्वागतम् डिस्प्ले वोर्डको पनि उद्घाटन गरिएको छ । कार्यक्रमका तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठक, वडा अध्यक्षहरु, कर्मचारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।