बगनासकालिका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रीलाई बुझाए ज्ञापन पत्र, स्वास्थ्यकर्मी भन्छन ‘सेवाग्राही खोप लिन नै डराए’

निस्दी पाल्पा विविध रामपुर राष्ट्रिय लेख वगनासकाली समाचार

पाल्पा,पुष १५ ।
सुनिल कार्की ।
पाल्पाका स्वास्थ्यकर्मीको एक टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । नेपालमा नियमीत खोप सञ्चालनबाट बालबालिकहरुको मृत्यु भएको भनि भएको प्रचार प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाईएको हो । सार्वजनिक सञ्चार माध्यमबाट खोपको भार थेग्न नसकि बालबालिकाको मृत्यु भएको भन्ने प्रचारले सेवाग्राही खोप लिन डराई रहेको भन्दै बस्तविकता बाहिर ल्याउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बगनासकालि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो ।

जिल्लाको बगनासकालि गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय पाल्पाका सिडयो उमेश कुमार ढकाल मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्ञापन बुझाइएको हो । स्वास्थ्यकर्मीको टोलीले बुझाएको ज्ञापन पत्रलाई बोधार्थ स्वास्थ्यमन्त्रालयमा पठाई खोपका कार।ण मृत्यु भएको हो या होइन भन्ने यथार्थ विवरण बाहिर ल्याउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा चितुङधारा स्वास्थ्य चौकिका प्रमुख नोद प्रसाद बस्याल,पोखराथोक स्वास्थ्य चौकिका प्रमुख सरोज काफ्ले, नायरनमतलेस स्वास्थ्य चौकिका प्रमुख निलकण्ठ न्यौपाने,खानिछाप स्वास्थ्य चौकिका प्रमुख केशव दर्नाल,दर्लमडाँडा स्वास्थ्य चौकिका प्रमुख रेश्मीराज न्यौपाने, यम्घा स्वास्थ्य चौकिका प्रमुख राम प्रसाद न्यौपाने, खानिगाउँ स्वास्थ्य चौकिका प्रमुख जिवलाल बस्याल,बराङदी स्वास्थ्य चौकिका प्रमुख गोम बहादुर क्षेत्री र चापपानि स्वास्थ्य चौकिकी प्रमुख सृजना चापागाई लगायतको सहभागीता रहेको थियो ।
साथै स्वास्थ्यका कर्मचारहरु नेपाल सरकारको आदेश अनुसार सेवामा खट्दा कुनै सेवाग्राहीको मागका आधारमा सत्य तथ्य नबुझि हिरासमा लिईएको भन्दै आपत्ति समेत जनाएका छन ।