तिनाउको चौकिभञ्याङ र ज्यामिरेमा निशुल्क एकिकृत घुम्तिी शिविर सम्पन्न

तिनाउ पाल्पा विविध राष्ट्रिय लेख समाचार

पाल्पा,पुष १४ ।
सुनिल कार्की ।
तिनाउ गाउँपालिकाको आयोजनमा वडा नं ३ को चौकिभञ्याङ र ज्यामिरेमा निशुल्क बृहत एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । जनताका आधारभुत आवश्यकता मध्येको ६ प्रकारका सेवा सुविधा लिएर तिनाउ गाउँपालिकाको टोली प्रत्येक वडाका घर घरमा पुगेर स्वास्थ्य सेवा देखि विउँविजन सम्मका सेवा निशुल्क प्रदान गरेको छ ।

उक्त एकिकृत घुम्तिी शिविरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोलीले निशुल्क स्वास्थ्य परिक्षण,आँखा परिक्षण,अपाङ्गगता परिचय पत्र,जेष्ठ नागरिक परिचय पत्र,पशुविकासका लागि जुका,माटे,भिटामिन लगायतका आंैषधी वितरणका साथै विभिन्न प्रकारका विउँविजन निशुल्क वितरण गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिनुभयो ।

एकिकृत घुम्ती शिविरबाट वडा नं ३ चौकिभञ्याङ र ज्यामिरेका १ हजार भन्दा बढी स्थानिय लाभवान्वीत भएका छन । शिविरमा स्वास्थ्य शाखा,कृषि,पशु तथा भेटेनरी र लायन्स लाकोल आँखा अस्पतालबाट निशुल्क औषधी र परर्मश सेवा प्रदान गरिएको थियो । शिविरमा तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती,उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष प्रेम पाण्डे, विभिन्न शाखा कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

स्थानिय सरकारका स्वयम जनप्रतिनिधि गाउँका टोल टोलमा पुगेर यसरी सबै प्रकारका सेवा पहिलोपटक घरदैलोमै पुगेर उपलब्ध गराउँदा सेवाग्राही खुशी भएका भने स्थानिय जनताले स्थानिय सरकार भएको अनुभुतीे गरेका छन ।