भ्रमण वर्ष २०२० को अवसरमा पुर्वखोलामा बृहत खेलकुद तथा सांस्कृतिक महोत्सब

पाल्पा विविध पूर्वखोला राष्ट्रिय लेख समाचार

पाल्पा,पुष १४ ।
सुनिल कार्की ।
पाल्पामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि विभिन्न रचनात्मक कार्यक्रमले तिव्रता पाएका छन । भ्रमण वर्षको अवसरमा पुर्वखोला गाउँपालिकाको उदबुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनको आयोजनमा तेस्रो खेलकुद तथा सांस्कृतिक महोत्सबको आयोजना गरिएको छ ।

पुर्वखोला गाउँपालिकामा खेलकुद र संस्कृति कार्यक्रमको माध्यबाट पर्यटनको आकर्षण बढाउन भ्रमण बर्ष लक्षित कार्यक्रम विभिन्न कार्यक्रम गरिएको कलेजका स्ववियु सभापति नविन आचार्यले जानकारी दिनुभयो ।
भ्रमण वर्षलाई सफल बनाउन स्थानिय स्तरबाट नै लक्षित कार्यक्रम गर्नु पर्छ भन्ने उद्धेश्यले कार्यक्रम गरिएको कलेजका सभापति आचार्यले बताउनुभयो ।

महोत्सबको अवसरमा आईतबार शैक्षिक कार्यक्रम तर्फ भएको विद्यालय स्तरिय हजिरी जवाफ प्रतियोगितामा सरस्वती मा.बि प्रथम, गणपति मा.वि द्धितिय र जनप्रिय मावि तृतिय स्थान हासिल गर्न सफल भएका छन ।

यसै गरि चित्रकला तर्फ रम्भा मा.वि प्रथम, जनमार्ग मा.बि द्धितिय र उद्धबुद्ध मा.वि तृतिय भएका छन ।
उद्धबुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा यही पुष १५ गते तेस्रो शैक्षिक , खेलकुद तथा साँस्कृतिक महोत्सवमा हुदै छ ।