संगिता फाउन्डेसनद्धारा ४१ जेहेन्दार विद्यार्थीलाई स्वेटर सहयोग

पाल्पा विविध राष्ट्रिय रैनादेवी लेख समाचार

पाल्पा,पुष १३ ।
हिमाल र पहाडमा बढ्दै गरेको चिसो र तराईको शितलहरले जनजिवन कष्टकार बन्दै गईरहेको छ । यसै बिच संगिता फाउन्डेसनले न्यानो माया बाँड्ने प्रयत्न गरेको छ । रैनादेबि गाउँपालिका वडा.नं.०३ अन्तर्गत डाँडागाउँ स्थीत श्री जनप्रिय आधारभुत विद्यालयका गरीब,असाहाय तथा विपन्न वर्गका हालसम्म विद्यालयको स्वेटर किन्न असक्षम ४१ विधार्थीलाई न्यानो माया स्वरुप स्वेटर हस्तान्तरण गरिएको हो ।

स्वेटर हस्तान्तरण गर्दै वडा.नं. ०३ का अध्यक्ष लाल बहादुर दर्लामी ले संगिता फाउन्डेसनसँग वडाले शैक्षिक विकासका लागि विभिन्न कार्यक्रममा सहकार्य गर्न चाहेको बताउनुभयो । सोहि विद्यालयका पुर्व शिक्षक सुवास पोखरेलको संयोजनमा तय भए उक्त कार्यक्रमा युवा उत्प्रेरक तथा फाउन्डेसनको अध्यक्ष संगिता भट्टराईले सबैले आफ्नो कमाईको सानो अंश सेवामा लगाउन सके विपन्न बालबालिकाहरुको मुहार फेरिन सक्ने बिचार ब्यक्त गर्नुभयो ।

विद्यालयले आयोजना गरेको स्वेटर वितरण कार्यक्रममा काउन्सेलर तथा युवा उत्प्रेरक संगिता भट्टराईले बालबालिकाहरुलाई कसरी सफल बनाउने विषयमा अभिभावक शिक्षा स्वरुप आफ्ना महत्वपुर्ण भनाईहरु राख्नु भएको थियो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ को अध्यक्षतामा भएको उक्त कार्यक्रमा विद्यालयका प्रधानाध्यापक विमल पन्तले विद्यालयलाई बालमैत्री वातावरणबाट अघि बढाउन संगिता फाउन्डेसन सँग सहकार्य गर्न चाहेको जानकारी गराउनु भयो ।