दोस्रो अध्यक्ष कपको उपाधी तिनाउ १ ले जित्यो

तिनाउ पाल्पा विविध राष्ट्रिय लेख समाचार

पाल्पा पुष १३ ।
सुनिल कार्की ।
तिनाउ गाउँपालिकाको वडा न. २ दोभानमा सञ्चालन भएको दोस्रो अध्यक्ष कप रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधी वडा न. १ ले चुमेको छ । गत बर्षको बिजेता वडा न. ५ लाई २–० ले स्तब्ध पार्दै उपाधी हात पारेको हो ।

प्रतियोगितामा वडा न ६ तेस्रो तथा वडा न २ सान्त्वना भएका छन । यसै गरि वडा न. १ का लक्ष्मण चिदी उत्कृष्ट सटर वडा न. ५ का कमल आले उत्कृष्ट रेजर वडा न. ६ का कृष्ण बगाले उत्कृष्ट बल्कर तथा वडा न. ६ कै जित बहादुर कुंवर उत्कृष्ट खेलाडी घोषित भएका छन । बिजयी समुह तथा खेलाडीलाई नगद, बोका, ट्रफी मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथी प्रदेश सांसद नारायण आचार्यले पुरस्कर वितरण गर्दै खेलाडीले आफ्नो मात्र नाम राख्न नभैइ वडा पालिकाको पहिचनको लागि खेल्ने हुँदा हरेक तहका सरकारले खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने र यसका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । यस्तै गरि विशिष्ट अतिथि तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले युवाहरुलाइ खेल क्षेत्र तथा उद्यमशीलतामा आफ्नो जोड रहेकोे बताउनुभयो ।

तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा तथा युवा समन्वय समिति तिनाउ गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा ६ वटै वडाको २÷२ गरि जम्मा १२ समुहको सहभागिता रहेको थियोे । प्रतियोगिता युवा समन्वय समिती तिनाउका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।