मालारानीको १४ औ साधारण सभा चापपानीमा सम्पन

पाल्पा विविध राष्ट्रिय वगनासकाली समाचार

दयाराज न्यौपाने, पुष १२ पाल्पा ।

मालारानी सहकारी संस्था लिमिटेडबगनासकाली ९ चापपानीको १४ औ साधारण सभा चापपानीमा सम्पन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बगनासकाली गाउँ पालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्याल ले राज्यको निती अनुरुप बिकास र समृद्धिका काममा स्थानिय सरकार निरन्तर लागी परेको बताउदैहरेक व्यवसायीक कामले सकरात्मक प्रभाव पर्नै भन्दै सहकारीले सेयर सदस्यलाई उत्पाद मार्फत आम्दानीको श्रोत बढाउन पहल गरेकोमा आभारव्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथीजिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्टराईलेसहकारीको मर्मलाई आत्म साथ गदै आय आर्जनको बाटोमा लगानीले मात्र उद्यमशिलतामा बढावा दिने बिश्वास व्यक्त गदै योजना निमार्ण देखी कार्यन्वयनका चरणसम्म निरन्तर लागीपर्नुमा जोड दिनु भएको थियो । साधारण सभामा संस्थाको बार्षिक आय व्यय प्रतिबेदन प्रस्तुत गदै ब्यवस्थापक जीवलाल बश्यालले यस बर्ष संस्थाले १ करोड ११ लाख ७ हजार रुपैया बराबरको कारोवार गरेको३ लाख १५हजार रुपैया खुद नाफा गरेको जानकारी गराउनु भएको थियो ।

संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष चिन्तामडी बश्यालले आगामी दिनमा संस्थाको आय आर्जनको क्षेत्रमा लगानी गदै जाने खालका कार्यक्रम रहेको तथाक्षेत्र बिस्तार गर्दै जानेमार्फत आर्थिक बिकासमा टेवा पुगेको बताउनु भएको थियो ।कार्यक्रममा वडा अध्यक्ष ठानेस्वर तिमिल्सिना,शिवासन कृर्षि सहकारीका अध्यक्ष पशुपति बश्याल, दुर्गा प्रसाद बश्याल,सेयर सदस्य राधिका बश्याल, सीता घिमिरे,पिमला बश्याल,नारायण बश्याललगायतले बोल्दै व्यवसायीक उद्यमशिलताको क्षेत्रमा गरेकोकामको र्चचा गदै युवा शक्तिलाई स्वदेशमा रोजगारी प्रदान गर्नु बातावरण निमार्णमा लाग्नु पर्नेमा जोडदिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा सस्थामा निरन्तर सहयोग गरेको भन्दै संस्थाका पुर्वअध्यक्ष मुक्तिरामबश्याल ,अनुप पराजुली लगायत ४ जनालाईसम्मान पत्र ,पाल्पाली करुवा र दोसल्लालेसम्मान गरीएको थियो ४ जना बाल बचतका सदस्य लाई नगद र सम्मान पत्रले सम्मान गरीएको थियो । संस्थामा २ सय ७२ सेयर सदस्य रहेका छन् ।

संस्थाका उपाध्यक्ष देशकान्त बश्यालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम सचिब हरि प्रसाद बस्यालको संचालन तथा मालारानीसहकारी संस्था लिमिटेडबगनाककाली ९ चापपानीका अध्यक्ष चिन्तामडि बश्याअलको अध्यक्षतामा कार्यक्रम चलेको थियो।