तानसेनका सहकारीहरु एकठाउँमा उभिनुपर्छ : नगरप्रमुख शाही

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, पौष १२
मुतिmनाथ कृषि बहुउद्धेश्यीय सहकारी संस्था, पाल्पाको छैठौ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दे तानसेन नगरपालीकाका मेयर अशोक कुमार शाहीले तानसेनका सहकारीहरु एकठाउमा उभिनुपर्नेमा जोड दिनुभयो । एउटै उदेश्यले अघि बढेका सहकारीहरु एक भएर अघि बढे शेयरसदस्यहरुलाई पनि फाईदा पुग्नेमा उहाको जोड थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजुमहर्जनले तानसेनमा रहेका शहकारीको सहयोगले ब्यापारी ब्यवशायीहरुलाई धेरै फाईदा पुगेको बताउनुभयो ।

सहकारीका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सल्लाहकारहरु हरी रायमाझी, रामप्रसाद श्रेष्ठले शेयर सदस्यहरुको भाबना र सल्लाह अनुसार सहकारी अघि बढेको तर सरकारले सहकारीलाई सहयोग नर्ग नसकेकोमा चिन्ता ब्यतm गर्नुभयो ।

साधारण सभामा सहकारीका अध्यक्ष मोहन श्रेष्ठको बार्षिक प्रतिबेदश सचिब शंकर भण्डारीको प्रतिबेदन र कोषाध्यक्ष बिनोद पन्थीले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । पाहुनाहरुको उपाध्यष देब पचभैयाले स्वागत गर्नुभएको थियो ।