सिद्धबाबा ड्याम साइड नजिकै ट्रिपरमा स्कुटि ठोकियो,स्कुटि चालक थापाको मृत्यु

तानसेन तिनाउ पाल्पा विविध राष्ट्रिय लेख समाचार
फोटो सौजन्य : ट्रफिक प्रहरी भविराज खत्री

पाल्पा,पुष १२ ।
सुनिल कार्की ।
सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पाल्पा सडकखण्डको ड्याम साईडमा ट्रिपरसँग स्कुटि ठक्कर खादा स्कुटि चालको मृत्यु भएको छ । सिद्धबाबा खण्डको तिनाउ गाउँपालिका ३ ड्याम साइड नजिकै दुर्घटना भएको थियो ।

पाल्पाबाट चुनढुङगा लिएर बुटवल तर्फ जाँदै गरेको लु २ ख १७६३ नं को ट्रिपरमा लु १९ प २८०३ नं.को स्कुटी ठोक्किन आउँदा चालक घाईते भई उचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १३ का २५ वर्षी सिदान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी दिपेन्द्र जिसीले बताउनुभयो ।

फोटो सौजन्य :ट्रफिक प्रहरी भविराज खत्री

ट्रिपरमा ठोक्किन गई घाईते भएका थापालाई प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । ट्रिपर र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन ।

जिल्लाबाट प्रहरी निरिक्षक भिम बहादुर कार्कीको कमाण्डमा टोली घटनास्थालमा खटिई घटना बारे थप अनुशन्धान भईरहेको प्रहरीेले जनाएको छ ।