पाल्पाको जोरधारामा गाहाद्धारा झुण्डिएर आत्महत्या

तिनाउ पाल्पा विविध समाचार

पाल्पा, पुष ११ ।
जिल्लाको तिनाउँ गाउँपालिका वडा नं ६ जोरधारामा झुण्डिएर एक जनाको मृत्यु भएको छ । जोरधारा बस्ने अन्दाजी ६६ वर्षका जयबहादुर गाहा आफ्नै घर नजिककै जंगलमा खिलुवाको रुखमा नाइनलको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।